12th August 2026, Wednesday

भिजन एण्ड भ्यालु ओभर्सिज द्वारा आयोजित रक्तदानमा 89 जनाले गरे रक्तदान

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाण्डौ। भिजन एण्ड भ्यालु ओभर्सिज प्रा .लि. द्वारा आयोजित रक्तदानमा 89 जनाले गरे रक्तदान गरेका छन।

बैदेशिक रोजगारीको क्षेत्रमा बार्षिक १ हजार बढ़ी युवालाई सुरक्षित र गुणस्तरिय बैदेशिक रोजगारी उपलब्ध गराउन सफल भिजन एण्ड भ्यालु ओभर्सिज प्रा .लि ले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरेको हो। बैदेशिक रोजगार संघका अध्यक्ष डिकबहादुर खत्री कुमारले रक्तदान कार्यक्रम मानव जीवन रक्षाको महत्त्वपूर्ण काम भएको बताउनु भयो। भिजन एण्ड भ्यालु ओभर्सिज प्रा .लिका संस्थापक एबं निर्देशक पदम राज पौडेलले, प्रालिले २०पटक भन्दा बढ़ी रक्तदान कार्यक्रम आयोजना गरेको साथै बिभिन्न सामाजिक कार्यमा सहभागी हुदै आएको बताउनु भयो।

आफुले ब्यवसाय मात्रै नगरेको भन्दै उहाँले प्राकृतिक विपत्ति बाढी पहिरो, डुवान जस्ता बिपदका बेलामा राहत उद्धार जस्ता कार्यमा निरन्तर सहयोग गर्दै आएको बताउनु भयो। यो संस्थाको सामाजिक उत्तरदायित्व मात्रै नभएर आफ्नो ब्यक्तिगत स्वभाव नै मानव सेवामा समर्पित गर्नु रहेको निर्देशक पौडेलको भनाई छ। कार्यक्रममा बैदेशिक रोजगार व्यबसयिक संघका प्रतिनिधि तथा  प्रतिष्ठित बैदेशिक रोजगार व्यबसायीहरुको  उल्लेख्य उपस्थिति रहेको थियो।।



No ad available.


No ad available.