News by: helpline
पोर्चुगल । गैर आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलमा लाखौं रुपैयाको अनिमियता भएको भन्दै संस्थाभित्र बिरोध भएको छ ।
संस्थाका अध्यक्ष दीपा काफ्ले,महासचिब गोबिन्द बुढाथोकी (सागर)ले एकलौटी रुपमा २२ हजार युरो हिनाबिना गरेको उपाध्यक्ष गनि गुरुङ्गले बताउनु भयो । कार्यकाल एक बर्ष बितिसक्दा समेत कोषाध्यक्षको नाममा खाता सन्चालन गर्न नखोज्नु नै प्रष्ट रुपमा अनमितताको नियत झल्कि उपाध्यक्ष पेमा शेर्पाको भनाइ छ ।
त्यस्तै आइसिसी सदस्य राज गुरुङ्गले संस्थागत रुपमा गरिने कुनैपनि बिषय सामूहिक निर्णयबाट गरिनु पर्नेमा जोड दिनु भएको छ । त्यस्तै उपाध्यक्ष निर्पेश गिरीले संस्थामा एक पटक पनि सल्लाह नगरी एकलौटी कार्यसमितिमा मनोनित गरिनु दःुखद भएको बताउनु भयो । संस्थाभित्र एकलौटी निर्णय लादिनु संस्थाको हितमा नहुने अधिकांश सदस्यहरुको भनाई रहेको छ ।
संस्थामा पछिल्लो समय विभिन्न पदमा एक दर्जन बढी मनोनित गरिएको छ । तत्कालीन अधिवेशनमा अध्यक्ष पदका प्रत्यासी सुजन लामा मोक्तानले संस्थाभित्रको पारादर्शिताको विषय उठाउदै अलग संस्था स्थापना गरेर अलग्गिएका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,