News by: helpline
काठमाडौं । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को सुदूरपश्चिम प्रदेश संघले सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय तत्काल स्थापना गर्न सरकारसँग अनुरोध गरेको छ ।
आइतबार नेपाल पर्यटनबोर्डको हलमा, पर्यटन सचिव मुकुन्द निरौलालाई स्वागत तथा कार्यकालको सफलताको शुभकामना दिन आयोजित कार्यक्रममा नाट्टा सुदूरपश्चिमले बोर्डको प्रदेश कार्यालय तत्काल स्थापना गर्न आग्रह गरेको हो ।
कार्यक्रममा नाट्टा सुदूरपश्चिम प्रदेशका संस्थापक अध्यक्ष एवं वरिष्ठ समाजसेवी माया प्रकाश भट्टले चालु आर्थिक वर्ष २०८२\८३ को सरकारको नीति कार्यक्रम तथा बजेटमा सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय स्थापना गर्ने व्यवस्था गरिएको भएपनि आर्थिक वर्षको आधा अवधि सकिन लाग्दा पनि बोर्डको कार्यालय स्थापाको विषय कार्यान्वयन नभएको भन्दै सचिव निरौलाको ध्यानकाकर्षण गराउनुभयो । उहाँले सुदूरपश्चिम क्षेत्रका उत्पादनहरु राष्ट्रिय तथा अन्तर्राट्रिय स्तरमा पहिचान गराउन सकेका देशको समृद्धिको टेवा पुग्ने उल्लेख गर्नुभयो ।
यसै गरी नाट्टा सुदूर पश्चिमका महासचिव शिवहरि पाण्डेले सुदूर पश्चिमको पर्यटन प्रवद्र्धनका लागि आफूहरु लागि परेको तर त्यसमा सबैको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सुदूरपश्चिममा कार्यालय खोल्न बोर्ड सकारात्क रहेको बताउनुभयो । पर्यटन सचिव निरौलाले जनशक्ति,आर्थिक भार लगायतका कुरालाई मध्यनजर गरेर कार्यालय स्थापना गरिने उल्लेख गर्नुभयो । उहाँले तीनै तहका सरकारबीच समन्वयात्मक ढंगले काम हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सुदूर पश्चिमका बिभिन्न धार्मिक,सांस्कृतिक र ऐतिहासिक प्रमुख पर्यटकीय गन्तब्यका क्षेहरुका बारेमा समेत चर्चा गरिएको थियो । त्यसैगरी नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) को शाखा कार्यालय स्थापना हुनुपर्नेमा पनि जोड दिइएको थियो ।
यस्तै कार्यक्रममा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नाट्टाका महासचिव युविका भण्डारी,पूर्व अध्यक्ष अच्युत गुरागाई एनएमएका उपाध्यक्ष बोधराज भण्डारी,नागरिक उड्डयन प्राधिकरणका राजेन्द्र सिंह नायक,टानका अध्यक्ष सागर पाण्डे,राष्ट्रिय खेलकूद परिषदका उपनिर्देशक जगदीश प्रसाद भट्ट, संस्कृति बिद् डा. हरिदत्त पाण्डेय लगायत सरोकारवालाहरुले सुदूर पश्चिमको पर्यटकीय क्षेत्र र चुनौतीबारे आ–आफ्ना धारणा राख्नु भएको थियो । चालु आर्थिक वर्ष २०८२\८३ को सरकारको नीति कार्यक्रम तथा बजेटमा सुदूरपश्चिममा पर्यटन बोर्डको कार्यालय स्थापना गर्ने व्यवस्था गरिएको भएपनि अझै पनि कार्यान्वयन भएको छैन ।
नाट्टा सुदूर पश्चिम लगायतका सरोकारवाला निकायहरुले बोर्डको कार्यालय स्थापना गर्न भवनका लागि स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर काम गर्ने बताउँदै आएपनि बोर्डले भने कर्मचारी उपलब्ध नगराउँदा बोर्डको कार्यालय स्थापनका लागि सरकारले छुट्याइएको बजेट कार्यान्वयन हुन सकेको छैन ।
सुदूर पश्चिमका पर्यटन व्यवसायी लगायतका सरोकारवालाहरुले तत्काल कर्मचारीको व्यवस्था गर्न पर्यटन मन्त्रालय र बोर्डसँग अनुरोध गर्दै आइरहेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
बेलायतस्थित नेपाली दूतावासले नेपाली सामुदायिक संस्थालाई अभिभावकत्व दिने