11th September 2026, Friday

प्रधानमन्त्री शाह नेतृत्वमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत

Post Image
23 घण्टा अगाडी

News by: helpline

काठमाण्डौ । सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको प्रतिनिधि मण्डलको भ्रमण स्वीकृत गरेको छ।

मन्त्रिपरिषद बैठकले बि सं २०८३ असोज ६ देखि १० गतेसम्म अमेरिकामा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा प्रधानमन्त्री शाह नेतृत्वमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको हो।

 .त्यसैगरी भारतको नयाँ दिल्लीमा आयोजना हुने नेपाल–भारत अन्तरसरकारी उपसमिति (आइजीएससी) को बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ । त्यस्तै अनुचित लेनदेन (मिटर ब्याज) अपराध नियन्त्रण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । बैठकले काठमाडौँ, भक्तपुर, ललितपुर, सप्तरी र दाङ जिल्लाका कूल २७ स्थानीय तहहरूका १७,४३८ गरिब घर परिवारको सूची स्वीकृत गर्ने पनि गरेको छ।

त्यसैगरी बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरि प्रसाद लम्साल, भक्तपुर र सदस्यमा रामशरण सापकोटा, मकवानपुर एवं महिला सदस्यमा विष्णु घिमिरे रिमाल, काठमाडौँलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रबक्ता, शिक्षा तथा खेलकूद मन्त्री सश्मित पोखरेलले जानकारी दिनुभयो। त्यस्तै बिहिबारको मन्त्रिपरिषद बैठकले . सहसचिव विनोदबहादुर कुँवर र उत्तर कुमार खत्रीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ।

सचिव कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा र सहसचिव खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुदूर पश्चिम प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरेको छ।।



No ad available.


No ad available.