News by: helpline
एजेन्सी । ब्रिक्स राष्ट्रहरुको व्यापार शिखर सम्मेलन २०२६ मा जी सेभेनको घट्दो आर्थिक हिस्सा र ब्रिक्सको बढ्दो आर्थिक शक्तिबीच तुलना गरिएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतमा आयोजित बिक्स राष्ट्रहरुको शिखर सम्मेलन बिजनेश समिटलाई संबोधन गर्दै ठूला राष्ट्रहरु सम्मिलित जी सेभेनको आलोचना गर्नुभयो । उहाँले पुटिनले विश्व अर्थतन्त्रमा जी सेभेन राष्ट्रहरूको हिस्सा करिब १८ प्रतिशत रहेको बताउँदै जबकि ब्रिक्सको ४० प्रतिशत हिस्सा रहेको उललेख गर्नुभयो।
जी सेभेन समूहको महत्वमाथि प्रश्न उठाउँदै पुटिनले भननुभयो “उनीहरूलाई किन त्यस्तो भनिन्छ, मलाई थाहा छैन।“ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ कि जी सेभेनमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, जापान र क्यानडा रहेका छन् । पुटिनले ब्रिक्सलाई विश्वको सबैभन्दा शक्तिशाली आर्थिक समूहको रूपमा वर्णन पनि गर्नुभयो । रुसी राष्ट्रपतिले विश्व अर्थतन्त्रमा भारतको बढ्दो योगदानबारे पनि प्रकाश पार्नुभयो ।
रुसी राष्ट्रपतिले पश्चिमी राष्ट्रहरूमाथि ब्रिक्स मुलुकहरूलाई कमजोर पार्ने प्रयास गरेको आरोप पनि लगाउनुभयो ।
ब्रिकसमा ब्राजिल, रुस, भारत, चीन, दक्षिण अफ्रिका,अर्जेन्टिना, अरब गणतन्त्र इजिप्ट, सङ्घीय लोकतान्त्रिक गणतन्त्र इथियोपिया, इस्लामिक गणतन्त्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स सदस्यका रुपमा रहेका छन् ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक