News by: helpline
काठमाडौं । सुनसरीको देवानगञ्ज गाँउपालिका ३, कप्तानगञ्जमा भएको घटनामा मृत्यु भएकाको परिवारलाई कोशी प्रदेश सरकारले दुई लाख राहत स्वरुप दिने भएको छ।
बिराटनगरमा बुधबार मुख्यमन्त्री हिक्मतकुमार कार्की सहितकोे सहभागितामा सम्पन्न सर्वपक्षीय बैठकले आइतबार राति गोली लागि निधन भएका ओमप्रकाश मेहताका परिवारलाई दुई लाख रुपैयाँ, घाइते भएकाहरुको उपचारका लागि र आगजनी भएका घरसंरचनालाई ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
बैठकले राजनीतिक, सामाजिक तथा प्रशासनिक पक्षबीच समन्वय गरी सामाजिक सद्भाव कायम गर्न पालिका तहमा सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्ने निर्णय पनि गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो ।
यसैगरी, बैठकले घटना प्रभावित जिल्ला तथा आसपासका क्षेत्रमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा व्यवस्थापन प्रभावकारी बनाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई आवश्यक समन्वय गर्न आग्रह गरेको छ। सर्वपक्षीय बैठकमा प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश अध्यक्ष चन्द्रबहादुर राई, नेकपा एमालेका प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि एवं प्रदेशस्तर स्तरका सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक