28th July 2026, Tuesday

आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज पाल पक्राउ

Post Image
4 दिन अगाडी

News by: helpline

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ ।

बिहीबार ५ लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा आयोगका अधिकारीहरुले पाललाई रंगेहात पक्राउ गरेका हुन । पक्राउपछि आवश्यक मुचुल्का, बरामद विवरण संकलन तथा प्रारम्भिक अनुसन्धान प्रक्रिया पूरा गरी करिब साढे ४ घण्टापछि उनलाई थप अनुसन्धानका लागि आयोगको बर्दिबास कार्यालय लगिएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।।



No ad available.


No ad available.