News by: helpline
काठमाडौ । सरकारले सन् २०१६ नोभेम्वर ९ देखी निस्काशन भएका भारतिय रुपैया २ सय तथा ५ सय दरका नोट नेपाली वा भारतीय नागरिकले नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने निर्णय गरेको छ ।
आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले दुबै देशका नागरिकले प्रतिव्यक्ति भारु २५ हजार सम्म ल्याँउन वा लैजान पाउने निर्णय गरिएको सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिनुभयो । त्यसैगरी प्रचलित कानुनमा व्यवस्था भएकोमा वाहेक सेवा प्रवाहको प्रकृयामा कागजातको आधिकारिकताको लागि आय टिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास, प्रचलन वा व्यवस्था हटाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।
दलहरुसँग वार्ता गर्न ३ सदस्यीय उच्चस्तरिय सम्वाद समिति गठन
सरकारले दलहरुसग वार्ता र छलफल गर्न ३ सदस्यीय उच्चस्तरिय सम्वाद समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले कानुन न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिंन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधि मन्त्री र प्रधनमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेको ३ सदस्यीय उच्चस्तरिय सम्वाद समिति गठन गर्ने निर्णय गरेको हो ।
यसैगरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्घाखाचीका डा. प्रकाश कुमार श्रेष्ठ र सदस्यमा काठमाडांैकी प्रा.डा. सुनीती श्रेष्ठहाडालाई नियुक्त गर्ने निर्णय गरिएको पनि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक