News by: helpline
काठमाडौं । नेपाल मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा बनेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशबाट जमिन प्रवेश गरेको जनाएको छ ।
यसको प्रभावले नेपालका केही भू–भागमा समेत बादल लागिरहेको र बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने महाशाखको भनाइ छ । महाशाखाका अनुसार कार्तिक १२ गते (बिहीबार) देखि उक्त चक्रवातको प्रभाव क्रमशः बढ्दै जाने सम्भावना छ। कार्तिक १२ गते (बिहीबार) देखि कार्तिक १४ गते (शनिबार) सम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा मेघगर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा÷हिमपात तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङ्ग असिना सहित मध्यम सम्मको वर्षा÷हिमपातको सम्भावना छ । यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा भारी वर्षा÷हिमपातको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा समेत भारी वर्षा÷हिमपातको सम्भावना छ। तसर्थ, धानबाली भित्र्याउने लगायतका कृषि कार्य आगामी १४ गते (शनिबार) सम्म नगर्न, उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा भारी हिमपात, हिम आँधि तथा हिम पहिरोको पनि जोखिम रहेकोले उच्च सतर्कता अपनाउन तथा पर्यटकहरू उच्च हिमाली भू–भागमा नजान र यदि गएको भएपनि उक्त अबधिमा सुरक्षित ठाँउमा रहन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
यस बाहेक चिसो बढ्न सक्ने तथा जोखिमयुक्त स्थान, सडक छेउछाउ पहिरो जान सक्ने, सडक तथा हवाई यातायात लगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्व तयारी गर्नु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा महाशाखाको अनुरोध छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली