News by: helpline
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विशेष अतिथिका रूपमा काठमाडौं आउनुभएका पाकिस्तानका विश्व कीर्तिमानी पूर्व तीव्र गतिका बलर शोएब अख्तरको सम्मानमा बिशेष कार्यक्रमको आयोजना गरिएको छ ।
हिमालयन स्पोट्र्सद्वारा आयोजित बिशेष सम्मान तथा स्वागत समारोह कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खान सहभागी भई सम्बोधन गर्नुभएको थियो। हिमालय स्पोट्र्स र रेडबुलको निमन्त्रणामा नेपाल आउनु भएका “रावलपिण्डी एक्सप्रेस“ उपनामले परिचित अख्तरलाई विशेष समारोहका बीच सम्मानित पनि गरिएको थियो।
समारोहलाई संबोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत खानले क्रिकेट खेलले दुई देशका नागरिकलाई जोड्ने र नेपाल पाकिस्तानबीचको जनस्तरको सम्बन्ध तथा आपसी मित्रतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले क्रिकेटको विश्वव्यापी आकर्षण र मानिसहरूलाई एक अर्कासँग नजिक ल्याउनमा यसको भूमिका महत्वपूर्ण रहेको पनि उल्लेख गर्नुभयो ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेल चलिरहँदा अख्तर मैदानमै उपस्थित हुनुभएको थियो । पहिलो इनिङ्सको समाप्तिपछि मैदानको चक्कर (ल्याप अफ अनर) लगाउँदै नेपाली क्रिकेट समर्थकहरूलाई हात हल्लाएर अभिवादन गर्नुभएको थियो । दर्शकहरूले ताली र हुटिङका साथ अख्तरको स्वागत गरेका थिए ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली