News by: helpline
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउनु भएको छ ।
बुधबार ललितपुर स्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकारबिरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि मानसिक रूपमा तयार रहन निर्देशन पनि दिनुभएको छ ।
अध्यक्ष ओलीले तिहार र छठपछि पनि आन्दोलन हुन सक्ने संकेत गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले सरकारमाथि गुण्डाराज चलाएको आरोप लगाउँदै पूर्व प्रधानन्यायाधीशदेखि आफूलाई समेत सरकारले पूर्वाग्रह राखेर पक्राउ गरेको दाबी गर्नुभयो । सरकारले देशमा आतङ्क फैलाउने, सादा पोसाकका प्रहरी प्रयोग गरेर बलजफ्ती गर्ने तथा गिरफ्तारी गर्ने जस्ता अराजक गतिविधि गरिरहेको आरोप पनि उहाँले लगाउनुभयो ।
ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो । आगामी निर्वाचनमा एमालेलाई नराम्रोसँग पराजित गर्ने प्रयास भइरहेको दाबी गर्दै उहाँले त्यसलाई असफल बनाउनुपर्ने बताउनुभयो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली