News by: helpline
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेस का पूर्वसभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध जारी भएको भनिएको पक्राउ पुर्जीबारे प्रतिक्रिया दिदै भ्रममा नपर्न अपिल गर्नुभएको छ ।
बुधबार देउवा र उहाँकी पत्नी आरजु राणा देउवा बिरुद्ध सम्पत्ति शुद्धीकरणका समबन्धमा पक्राउ पुर्जी जारी भएको समाचार आएपछि देउवाले यस्तो अपिल गर्नुभएको हो । बुधबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै देउवाले आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु गरिएको जानकारी सञ्चारमाध्यमबाट पाएको उल्लेख गर्दै आफ्नो परिवारमाथि सम्पत्ति सम्बन्धी विषयमा भ्रामक र झुटा प्रचार गरिएको दाबी गर्नुभएको छ । देउवाले सार्वजनिक पदमा रहँदा आफूहरूले कानुनअनुसार सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको पनि स्पष्ट पार्नुभएको छ ।
उहाँले लोकतान्त्रिक शासन, विधिको शासन, स्वतन्त्र न्यायपालिका र पारदर्शिताप्रति आफू जीवनभर प्रतिबद्ध रहेको पनि बताउनु भएको छ । आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको उल्लेख गर्दै उहाँले भ्रष्टाचार नियन्त्रणका लागि आफ्नो नेतृत्वमा महत्वपूर्ण कानुनहरू लागू गरिएको स्मरण गरेका गर्नुभएको छ ।
साथै, हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र उपचार प्रक्रिया जारी रहेको जानकारी पनि उहाँले जनाउनु भएको छ । देउवाले वास्तविकता समयक्रमसँगै सार्वजनिक हुने विश्वास व्यक्त गर्दै अतिरञ्जित सूचनाबाट भ्रमित नहुन सबैलाई आग्रह गनृुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक