3rd June 2026, Wednesday

बजेट र नीति कार्यक्रमबारे सुझाव लिन सरकारले ल्यायो डिजिटल प्लेटफर्म संचालनमा

Post Image
3 हप्ता अगाडी

News by: helpline

काठमाडौं । आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रमबारे सुझाव लिन सरकारले ‘सुझाव संकलन पोर्टल’ संचालनमा ल्याएको छ ।

बजेटलाई जनमुखी, पारदर्शी र सहभागितामूलक बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो पोर्टल सञ्चालनमा ल्याएको हो । नागरिकको राय र विज्ञतालाई नीति निर्माणको तहमा समेट्न सरकारले यो नयाँ डिजिटल प्रणालीको सुरुवात गरेको सरकारी दाबी छ ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका अनुसार पोर्टलमार्फत स्वदेश तथा विदेशमा रहेका नेपाली नागरिक, विषयविज्ञ, नीति विश्लेषक र सरोकारवालाहरूले आफ्ना राय, सुझाव र अवधारणा सिधै सरकारसमक्ष पेस गर्न सक्नेछन्। सरकारले जनसहभागितालाई प्राथमिकता दिँदै सुझाव सङ्कलनका लागि छुट्टै प्लेटफर्म तयार पारेको शाहको भनाई छ । 

बजेट र नीति निर्माणको प्रक्रियालाई थप समावेशी बनाउन यो पोर्टलले सेतुको काम गर्ने सरकारको अपेक्षा छ। पोर्टलमा प्राप्त भएका सान्दर्भिक सुझावहरूलाई अध्ययन गरी आगामी नीति तथा कार्यक्रममा उचित स्थान दिइने प्रधानमन्त्री कार्यालयले जनाएको छ।



No ad available.


No ad available.