News by: helpline
काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले निजलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो ।
पौडेललाई यसअघि अदालतले तीन पटकसम्म म्याद थप गरिसकेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक