28th July 2026, Tuesday

एमाले उपाध्यक्ष पौडेलमाथि अनुसन्धान गर्न पाँचौ पटक म्याद थप

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न फेरि म्याद थप गरेको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले सोमबार तीन दिनको म्याद थप गरेको हो ।यो समेत गरेर पौडेलको पाँचौँ पटक म्याद थप भएको छ । उपाध्यक्ष पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) मुद्दामा अनुसन्धान गरिरहेको छ ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार पौडेललाई यही असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो ।



No ad available.


No ad available.