28th October 2026, Wednesday

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

Post Image
13 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको क्रिकेट मैदानमा हुने खेल अपरान्ह साढे ४ बजे सुरु हुनेछ। जारी सिजनमा पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो। गत सोमबार भएको पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो। एनपीएलमा हिजो मंगलबार भएका खेलमा कर्णाली याक्स र चितवन राइनोजले विजयी सुरुवात गरेका छन्।

कर्णालीले पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्दा चितवनले विराटनगर किङ्सलाई ८ रनले हराएको थियो। प्रतियोगितामा बिभिन्न ८ वटा टोली सहभागी भएका छन भने विजेता टोलीको पुरस्कार राशिः १ करोड ५० लाख रुपैयाँ राखिएको छ।

प्रतियोगितामा लिग चरणका २८ सहित प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछन् भने प्रतियोगिता मंसीर ५ गतेसम्म सञ्चालन हुनेछ ।



No ad available.


No ad available.