28th October 2026, Wednesday

पार्वतीले सराप दिएपछि भगवान जन्मिन रोकिए,नेपालमा नक्कली भगवान जन्मिन थाले : अध्यक्ष ओली

Post Image
13 घण्टा अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भगवान् जन्मिएर हैरान पारेको टिप्पणी गर्नुभएको छ ।

 मंगलबार मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिप्रति व्यङ्ग्य गर्दै यस्तो बताउनु भएको हो । पार्वतीले देवताहरूलाई सराप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि नक्कली भगवान जन्मिन थालेको उहाँको टिप्पणी थियो ।

अध्यक्ष ओलीले अर्को प्रसंगमा नेपाली समाजले स्वदेशी विद्वान र लेखकलाई भन्दा विदेशी लेखकका विचार तथा लेखलाई बढी महत्व दिने गरेको टिप्पणी गर्नुभयो ।



No ad available.


No ad available.