News by: helpline
काठमाडौं । पछिल्ला राजनीतिक घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आइतबार विशेष बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगन थापा, वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, उपसभापति र महामन्त्रीहरू सहभागी हुनेछन् । बैठकपछि सभापति थापाले समसामयिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।
त्यस अवसरमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूलाई समेत सहभागी गराइने भएको छ । काग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गर्नुभएको सूचनामा ‘भोलि मिति २०८३ कात्तिक १५ गते दिउँसो २ बजे नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सभापति श्री गगनकुमार थापाज्यूद्वारा समसामयिक विषयका सन्दर्भमा विशेष सम्बोधन हुने भएको हुँदा उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ’ । भनेर उल्लेख गरिएको छ
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली