31st October 2026, Saturday

पत्रकार पक्राउको घटनाको छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

Post Image
1 घण्टा अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठूलो कोही नरहेको बताउनुभएको छ ।

 शनिबार सचिवालय बैठकपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले संविधानको मर्मविपरीत काम गर्ने जोकोहीलाई कारबाही गर्नुपर्ने बताउनुभयो । यसैबीच, सचिवालय बैठकपछि पार्टी प्रवक्ता जगदिश खरेलले पत्रकार तथा सञ्चारकर्मीमाथि भएको पक्राउका घटनाबारे छानबिन गर्न सरकारलाई निर्देशन दिइएको बताउनुभयो ।

उहाँले घटनाको कारण, पक्राउ गर्ने व्यक्ति र त्यसको जिम्मेवारीबारे सत्यतथ्य पत्ता लगाउन तथा दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिइएको जानकारी दिनुभयो ।



No ad available.


No ad available.