News by: helpline
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले पत्रकारहरू पक्राउको विरोध गर्नुभएको छ ।
प्रहरीले शुक्रबार नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी, मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराल र डीएनए अनलाइनका पत्रकार धीरज बस्नेतलाई नियन्त्रणमा लिएको थियो। त्यसपति कडा प्रतिक्रिया जनाउँदै परियारले शुक्रबार साँझ फेसबुकमार्फत पत्रकार पक्राउको विरोध गर्नुभएको हो ।
सचेतक परियारले लेखुभएको छ –‘पुलिस स्टेट बन्द गर’, परियारले ‘समाचारको विषयलाई लिएर समाचार कक्षमै पुगेर पत्रकार पक्राउ, धरपकड र नियन्त्रणको दुष्प्रयाससप्रति घोर भत्र्सना गर्दछु ।’ पत्रकारहरू पक्राउमा उहाँले प्रहरीको भूमिकामाथि प्रश्न गर्नुभएको छ । उहाँले पत्रकार÷मिडीयाको विषयलाई प्रेस काउन्सीलबाटै निरुपण गर्ने अभ्यास गर्न जोडदार माग गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली