News by: helpline
काठमाडौं । कैलालीको गोदावरी क्षेत्रमा वन अतिक्रमण हटाउने क्रममा वन कर्मचारीहरूले एक महिलाको स्वरोजगारको साधनका रूपमा रहेको टेम्पो भीरमा खसालेको घटनाप्रति चौतर्फी विरोध भएको छ ।
भीमदत्त राजमार्गमार्ग अन्तर्गत गोदावरी नगरपालिका–४ बासपानीमा सडक छेउमा राखिएको स्थानीय ४४ वर्षीया धनादेवी धामीको टेम्पो जेठ २९ गते वन कर्मचारीहरूले हटाउने क्रममा भीरमा खसालेका थिए । सो घटनाको भिडियो जेठ ३० गते सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यसले व्यापक चर्चा र आक्रोश पैदा गरेको छ । पीडित धामीले सो टेम्पोमा चिया, अण्डा, चाउचाउ र पानीलगायतका सामग्री बिक्री गरेर १० जनाको परिवार पाल्दै आउनुभएको थियो ।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले भने वन अतिक्रमण हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि हटाउने क्रममा अनियन्त्रित भई गाडी भीरमा खसेको दाबी गर्नुभएको छ । वन कार्यालयले विज्ञप्ति जारी गर्दै टेम्पो जीर्ण अवस्थामा रहेको, चक्का र इन्जिन बिग्रेको तथा भौगोलिक असन्तुलनका कारण दुर्घटना भएको जनाएको छ । तर स्थानीय जीवराज धामीले भने वन कार्यालयको दाबी गलत भएको र टेम्पो सञ्चालनकै अवस्थामा रहेको बताउनुभयो ।
यसैबीच, घटनाको चौतर्फी आलोचना भएपछि प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको छ । घटनामा संलग्न रहेको आशङ्कामा जिल्ला प्रहरी कार्यालय कैलालीले वन कार्यालयका १२ जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक