2nd March 2026, Monday

मध्यपूर्व र खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने नेपालीको श्रम स्वीकृति स्थगन

Post Image
18 घण्टा अगाडी

News by: helpline

काठमाडौं ।सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न देशका लागि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति रोकिएको हो । वैदेशिक रोजगार विभाग, वैदेशिक श्रम स्वीकृति शाखा ताहाचलले आइतबार एक सूचना जारी गर्दै साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलसहितका देशमा श्रम स्वीकृति रोकेको जनाएको छ ।

सूचनाअनुसार ती देशमा रोजगारीका लागि यस विभाग र अन्तर्गतका निकायबाट प्रदान गरिने सबै प्रकारका श्रम स्वीकृति अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको हो । मन्त्रालयले फागुन १७ गते सो निर्णय गरेको विभागले जनाएको छ । 

अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्वमा बढ्दै गएको तनाव र सुरक्षा जोखिमलाई ध्यानमा राखी सरकारले यो कदम चालेको हो



No ad available.


No ad available.