News by: helpline
काठमाडौं । जिल्ला अदालत काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड समेतलाई सजाय तोकेको छ ।
नक्कली शरणार्थी सम्बन्धी मुद्दाको सजाय निर्धारणका लागि मंगलबार भएको सुनुवाइपछि जिल्ला अदालतले सजाय तोकेको हो । जसमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण भएको छ । पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना तोकिएको छ ।
यसैगरी पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद, ४० हजार जरिवाना तोकिएको छ भने भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबाना निर्धारण भएको छ । अन्य दोषीलाई पनि कसुरको मात्रा हेरी फरक फरक सजाय निर्धारण गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक