News by: helpline
काठमाडौं । सरकार,राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच आज भएको छलफलमा जेनजी प्रतिनिधिहरुले निर्वाचन र सुशासनको बिषय सँगसँगै अघि बढाउनु पर्नेमा जोड दिएका छन् ।
अन्तरिम सरकारकी प्रधानमन्त्री शुशीला कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई एकै ठाउँमा राखेर पहिलोपटक त्रिपक्षीय वार्ता गर्नुभएो हो । सरकार र मुख्य राजनीतिक दलका प्रतिनिधिहरूसँगको त्रिपक्षीय वार्तामा जेनजी प्रतिनिधिहरूले तोकिएको मितिमा चुनाव चाहिएको भन्दै आन्दोलनको मुख्य एजेन्डा नै सुशासन भएको भन्दै दलका प्रतिनिधि र सरकारको ध्यानाकर्षण गराएका हुन् । जेनजी प्रतिनिधिहरूले भने, ‘चुनाव चाहिएको छ, गर्नुपर्छ तर चुनाव–चुनाव भनेर मात्र हुँदैन ।
हाम्रो आन्दोलनको मुख्य माग सुशासन हो । भ्रष्टाचारविरुद्धको कारबाही हो। यी दुवै एजेन्डामा सरकार सँगसँगै अगाडि बढ्नुपर्छ । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचनको मिति तय गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि कार्की नेतृत्वमा सरकार गठन भएको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक