News by: helpline
काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस नेता एवं पूर्व मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न आदेश दिएको छ ।
सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि थुनामा रहनु भएका खड्कालाई बन्दीप्रत्यक्षीकरणको निवेदन मार्फत छाड्न सर्वोच्चले आदेश दिएको हो। बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले खड्काकी श्रीमती विनिता थापाले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै खड्कालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेका हो।
संयुक्त इजलासले खड्काको थुना कानुनसम्मत नभएको ठहर गरेको छ । खड्कालाई छाड्न आदेश दिए पनि उहाँलाई विदेश जान भने अदालतको अनुमति चाहिने भएको छ। बन्दी प्रत्यक्षीकरण रिटमा उहाँलाई थुनामुक्त गर्ने आदेशसँगै विदेश भ्रमणमा कडाइ गरिएको हो ।
खड्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चैत १५ गते पक्राउ गरेको थियो ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक