News by: helpline
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ बिगो दाबी सहित भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगका अनुसार विभागका निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुध्वन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राजभण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव राजाराम दाहाल, तत्कालीन उपसचिव भेष प्रसाद भुर्तेल, तत्कालीन उपसचिव पुष्करराज नेपालविरुद्ध सो भ्रष्टाचार मुद्दा दायर भएको छ ।
राहदानी विभागबाट राहदानी छपाई सम्बन्धी कार्यमा प्रचलित कानून विपरीत बोलपत्रहरुको टेक्निकल इभ्याअलुसन र फाइनान्सियल ईभ्याअलुसन गरी गलत सिफारिस तथा गलत निर्णयका आधारमा सम्झौता गरी गराइ आंशिक रकमसमेत भुक्तानी लिइ दिइ भ्रष्टाचार गरेको मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, मूहल्बअर आइडी सर्भिसेस (जीएमबीएच) एवम् उक्त कम्पनीका मुख्य भइ कार्य गर्ने जरहार्ड माउरर, प्याभल रेकिइ र मणिन्द्र राज मल्लविरुद्ध एक अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । भेरिडोस जीएमबीएच एवम् उक्त कम्पनीका मुख्य भइ कार्य गर्ने फेबिओला बेलरशेम, फ्लोरियन प्याक्लिन र सिद्धार्थ थापाविरुद्ध आठ अर्व २२ करोड ३५ लाख चार हजार ४४४ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ अनुसार उनीहरुविरुद्ध दश अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ रुपियाँ बिगो कायम गरी कैद र बिगो बमोजिम जरिवाना गरी सजाय हुन मागदाबी लिइ सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको अयोगले जनाएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक