3rd June 2026, Wednesday

सुकुम्बासी व्यवस्थापनाको काम आगामी चैत मसान्तभित्र गरिसक्न सरकारलाई रास्वपाको सुझाव

Post Image
4 हप्ता अगाडी

News by: helpline

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूमिहीन सुकुम्बासीहरूको स्थानान्तरण र व्यवस्थित पुनस्र्थापनाको काम आगामी चैत मसान्तभित्र गरिसक्न सरकारलाई सुझाव दिएको छ ।

रास्वपाको आईतवार बसेको सचिवालय बैठकले उक्त सुझाव दिएको हो । प्रवक्ता मनिष झाका अनुसार रास्वपाले चैत मसान्तभित्र सबै सुकुम्बासीलाई सुरक्षित आवासमा स्थानान्तरण गरी गाँस, वास र स्वास्थ्यको न्यूनतम व्यवस्था सुनिश्चित गर्न सरकारलाई सुझाव दिएको छ ।

सुकुम्बासी व्यवस्थापनको विषय लामो समयदेखि बेवास्ता हुँदै आएको उल्लेख गर्दै उहाँले हाल सरकारले यसलाई व्यस्थापन गर्न खोजेको बताउनु भयो । बाढी आउँदा मात्रै समस्या देख्ने नभई अगाडीबाट नै सुरक्षित स्थानमा सार्ने पहल सरकारले गरेको उहाँले बताउनु भयो ।

स्थानीय तहहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र रहेर विभिन्न स्थानमा गरिरहेका व्यवस्थापन प्रयासलाई पनि दीर्घकालीन समाधानतर्फ उन्मुख गराउनुपर्नेमा रास्वपाले जोड दिएको छ । झाले आगामी स्थानिय तहको निर्वाचनमा पार्टीको तर्फबाट उम्मेद्वार बन्ने सदस्यले अनिवार्य क्याण्डिडेट क्लव र लिडरशिप एकेडेमी उत्तिर्ण गरेको हुनुपर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो



No ad available.


No ad available.