News by: helpline
काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ ।
आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा नै तोकिएको छ । नेपाली उपभोक्ताहरुले सहज रुपमा खाना पकाउने ग्यास नपाएको गुनासो गरिरहेका बेला निगमले बजारमा आधा सिलिन्डरमात्रै ग्यास पठाउने निर्णय गरेको हो । मध्यपूर्व र खाडी मुलुकहरु खासगरी इरानमा बढ्दो द्वन्द्वले पेट्रोलियम पदार्थ बोकेर आउने जहाजमा समेत आक्रमण हुँदा विश्वव्यापी आपूर्ति प्रक्रिया अवरुद्ध हुन थालेको छ ।
त्यसको प्रत्यक्ष असर नेपालमा पनि खाना पकाउने ग्यासको अभाव देखिएको छ । निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास संग्रह नगर्न आग्रह गरेको छ । निगमले सम्भावित समस्यासँग जुध्न सकभर विजुली चुल्होहरु इण्डक्सन र इन्फ्रारेडको प्रयोग गर्न पनि आग्रह गरेको छ ।
इरान द्वन्द्व लम्बिएको खण्डमा नेपालमा ग्यास मात्र नभइ अन्य पेट्रोलिम पदार्थको पनि अभाव हुन सक्ने भएकाले खपत कम गर्न निगमले आग्रह गरेको हो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक