15th January 2026, Thursday

ट्यारिफ नीतिका कारण अमेरिकाको व्यापार घाटा घटेको ट्रम्पको दाबी

Post Image
5 दिन अगाडी

News by: helpline

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण देशको व्यापार घाटा सन् २००९ पछिकै न्यून विन्दुमा झरेको दावी गर्नुभएको छ ।

राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत यसलाई देशको अभूतपूर्व सफलताको संज्ञा दिनुभएको छ । ट्यारिफकै कारण अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षा जोगाउन सम्भव भएको बताउदै उहाँले अमेरिकी सर्वोच्च अदालतले पनि यो ऐतिहासिक उपलब्धिलाई ध्यानमा राख्ने विश्वास व्यक्त गर्नुभयो ।

अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर महिनामा वस्तु तथा सेवाको व्यापार घाटा उल्लेख्य रूपमा घटेर २९ दशमलव ४ अर्ब डलरमा खुम्चिएको छ। अघिल्लो महिना यस्तो घाटा ४८ दशमलव १ अर्ब डलर रहेको थियो। गत अक्टोबरमा भएको यो सुधार सन् २००९ को जुन महिनापछिकै सबै भन्दा कम मासिक व्यापार घाटा भएको बीबीसीले जनाएको छ ।

 यस अवधिमा अमेरिकाको आयात ३ दशमलव २ प्रतिशतले घटेर ३ सय ३१ दशमलव ४ अर्ब डलर पुगेको छ । निर्यात २ दशमलव ६ प्रतिशतले बढेर ३ सय २ अर्ब डलर पुगेको हो ।

 व्यापार घाटा कम गर्नु राष्ट्रपति ट्रम्पको प्रमुख आर्थिक लक्ष्य रहँदै आएको छ। यद्यपि, अर्थशास्त्रीहरूले भने यो तथ्याङ्कलाई लिएर फरक मत समेत राखेका छन्। उनीहरूका अनुसार सुन र औषधि जस्ता केही विशेष उत्पादनहरूको कारोबारमा आएको अस्थायी उतारचढावका कारण मात्र व्यापार घाटामा यति ठूलो गिरावट देखिएको हुन सक्छ।



No ad available.


No ad available.