News by: helpline
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्यारिफ नीतिका कारण देशको व्यापार घाटा सन् २००९ पछिकै न्यून विन्दुमा झरेको दावी गर्नुभएको छ ।
राष्ट्रपति ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत यसलाई देशको अभूतपूर्व सफलताको संज्ञा दिनुभएको छ । ट्यारिफकै कारण अमेरिकी अर्थतन्त्र र राष्ट्रिय सुरक्षा जोगाउन सम्भव भएको बताउदै उहाँले अमेरिकी सर्वोच्च अदालतले पनि यो ऐतिहासिक उपलब्धिलाई ध्यानमा राख्ने विश्वास व्यक्त गर्नुभयो ।
अमेरिकी वाणिज्य विभागले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर महिनामा वस्तु तथा सेवाको व्यापार घाटा उल्लेख्य रूपमा घटेर २९ दशमलव ४ अर्ब डलरमा खुम्चिएको छ। अघिल्लो महिना यस्तो घाटा ४८ दशमलव १ अर्ब डलर रहेको थियो। गत अक्टोबरमा भएको यो सुधार सन् २००९ को जुन महिनापछिकै सबै भन्दा कम मासिक व्यापार घाटा भएको बीबीसीले जनाएको छ ।
यस अवधिमा अमेरिकाको आयात ३ दशमलव २ प्रतिशतले घटेर ३ सय ३१ दशमलव ४ अर्ब डलर पुगेको छ । निर्यात २ दशमलव ६ प्रतिशतले बढेर ३ सय २ अर्ब डलर पुगेको हो ।
व्यापार घाटा कम गर्नु राष्ट्रपति ट्रम्पको प्रमुख आर्थिक लक्ष्य रहँदै आएको छ। यद्यपि, अर्थशास्त्रीहरूले भने यो तथ्याङ्कलाई लिएर फरक मत समेत राखेका छन्। उनीहरूका अनुसार सुन र औषधि जस्ता केही विशेष उत्पादनहरूको कारोबारमा आएको अस्थायी उतारचढावका कारण मात्र व्यापार घाटामा यति ठूलो गिरावट देखिएको हुन सक्छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक