News by: helpline
काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानजस्ता महत्वपूर्ण निकायहरूलाई खारेज गर्नुको सट्टा व्यापक सुधार गरिने बताउनु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मंगलबार आयोगका पदाधिकारी तथा कर्मचारीहरूसँग भएको छलफलमा शाहले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने धारणा राख्नुभयो। यी निकायहरूलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री शाहले विषय विज्ञ र अनुसन्धानकर्ताको महत्त्व सरकारका लागि निकै उच्च रहने बताउनुभयो। उहाँले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सक्ने उत्कृष्ट विज्ञताको आवश्यकता रहेको औँल्याउँदै सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्ने प्रतिबद्धता समेत जनाउनुभयो।
कुनै पनि बहानाबाजी नगरी विना सङ्कोच नतिजा निकाल्ने गरी काम गर्न दुवै निकायलाई निर्देशन दिँदै उहाँले विकासमा विषय विज्ञको भूमिका अतुलनीय हुने तथ्यलाई आत्मसात् गरेर अघि बढ्न आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले मन्त्रालयहरूबिच समन्वय नभएको भन्ने तर्क स्वीकार्य नहुने स्पष्ट पार्दै एउटै सरकार मातहत त्यस्तो समस्या देखिनु दुःखद भएको बताउनुभयो। बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहानाका रूपमा प्रयोग नगर्न सचेत गराउँदै उहाँले प्रभावकारी अध्ययन र अनुसन्धानबाट मात्रै परिणाम सम्भव हुने उल्लेख गर्नुभयो।
पुराना नीति र ऐनकै भरमा दशकौँसम्म काम चलाउन सकिए पनि सुधार नगरेसम्म देश समृद्ध हुन नसक्ने प्रधानमन्त्रीको भनाइ थियो। सो अवसरमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान समयलाई सुधारको स्वर्णिम अवसरका रूपमा लिनुपर्ने र उच्च राजनीतिक प्रतिबद्धताअनुसार काम अघि बढ्ने बताउनुभयो।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक