3rd June 2026, Wednesday

आफूलाई स्थानहद गरिएकोबारे कुनै जानकारी नआएको रमेश लेखकको भनाई

Post Image
5 महिना अगाडी

News by: helpline

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले आफूलाई स्थानहद गरिएको बारे कुनै जानकारी नआएको बताउनु भएको छ ।

गत भदौ २३ र २४ को जेनजी घटनाबारे छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिएर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो । ’मलाई आयोगले स्थानहद ग¥यो रे भन्ने सुनेँ तर मलाई थाहा छैन । कुनै जानकारी छैन,’ उहाँले भन्नु भयो, ’मैले सञ्चारमन्त्रीबाट थाहा पाएँ ।’

 ’कुनै व्यक्तिका बारेमा स्थानहदको निर्णय गर्नुपर्दा कुन प्रयोजनका लागि, कति अवधि, के औचित्य भनेर सम्बन्धित व्यक्तिलाई सोध्नुपर्छ कि पर्दैन ?’ लेखकले प्रश्न गर्नुभयो , ’पासपोर्ट रोक्का गरेको भन्ने पनि सुनेँ तर किन, कति अवधिका लागि भनेर मलाई जानकारी छैन । मसँग त पासपोर्ट पनि छैन । कुनै दस्ताबेज छैन ।’

उहाँले सञ्चारकर्मीसँग आफ्नो पासपोर्ट पनि आगजनीमा नष्ट भएको बताउनु भयो ।



No ad available.


No ad available.