News by: helpline
काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नव’को प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भएको छ ।
शुक्रबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा वर्षा जारी रहँदा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात पनि भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आज राति र शनिबवार दिउँसोसम्म मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा वा हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ । शनिबार दिउँसोपछि भने चक्रवातको प्रभाव क्रमशः कमजोर हुँदै जाने प्रक्षेपण गरिएको छ । वर्षाका कारण चिसो बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरो, हिमाली क्षेत्रमा हिमपहिरो र हिमआँधी तथा सडक र हवाई यातायातमा अवरोध हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली