12th September 2026, Saturday

आगो लगाएर पुगेन,खरानी उठाएर लैजा सरकार भन्दै एमाले अध्यक्ष ओलीको आक्रोस

Post Image
3 महिना अगाडी

News by: helpline

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बनाएको सम्पत्ति छानबिन आयोगलाई बयान नदिने बताउनु भएको छ ।

 बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको सम्पूर्ण ध्यान काममा भन्दा पनि आफू र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई कसरी फसाउन सकिन्छ भन्नेतर्फ केन्द्रित भएको उललेख गर्नुभयो । उहाँले त्यस्ता आयोगलाई मान्यता नदिने समेत बताउनुभयो ओलीले भन्नुभयो , ‘अरू कसैले बयान दिए पनि म चाहिँ बयान दिन्नँ। यो राज्य, राज्य होइन। कसैको अचाक्ली सम्पत्ति देखियो, अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। त्यो आयोग कि समिति के हो? त्यो कुनै संवैधानिक आयोग, समिति केही पनि होइन।’

ओलीले नयाँलाई छानबिन नगर्ने, सेनालाई छानबिन नगर्ने, केपी ओली र रमेश लेखकलाई फसाउने अथवा पुरानालाई जसरी पनि फसाउनको लागि आयोग बनाइएको बताउनुभयो । 

ओलीले थप भन्नुभयो , ‘फेरि पनि म भन्न चाहन्छु, यस्ता आयोगलाई हामी मान्यता दिँदैनौँ। त्यसमा सम्पत्ति विवरण भरेर म पठाउन्नँ, जे जे गर्न सक्छ गरोस्। यो राज्य। यो पूर्वाग्रह र प्रतिशोधको पोको हो, त्यो कुराहरू स्वीकार्य हुन सक्दैन। अकुत सम्पत्ति देखियो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाएका ठाउँमा मेरो सम्पत्ति विवरण, खरानी भर्दिने मैले? सम्पत्ति विवरण फेरि चाहियो? आगो लगाएर पुगेन सम्पत्ति विवरण? खरानी छ उठाएर लैजा सरकार के को सम्पत्ति विवरण?’ प्रतिक्रियावादी शक्तिहरूले दमन, धम्की वा त्रासको वातावरण सिर्जना गरे पनि आफू त्यससँग नडराउने र दृढतापूर्वक सामना गर्ने ओलीको भनाइ छ ।



No ad available.


No ad available.