3rd June 2026, Wednesday

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते प्रस्तुत हुने

Post Image
6 दिन अगाडी

News by: helpline

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४को को बजेट प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५ बजे नै प्रतितिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गर्नुभएको छ । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ । गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो ।

No ad available.


No ad available.