14th September 2026, Monday

आगामी महाधिवेशनबाट पार्टी नयाँ भएर आउने महामन्त्री गगनको भनाई

Post Image
10 महिना अगाडी

News by: helpline

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी महाधिवेशनबाट पार्टी नयाँ भएर आउने बताउनु भएको छ ।

 बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा उहाँले आगामी महाधिवेशनबाट कांग्रेसले आफूलाई नयाँ पुस्ताको मागअनुसार परिवर्तन गर्ने बताउनुभयो । महामन्त्री थापाले भन्नु भयो –‘अधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ,’ उनले भने, ‘नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ ।’ अधिवेशन नगरी जानु भनेको गल्ती–कमजोरी स्वीकार नगरेर जनादेश माग्न जानु भन्ने बुझिने महामन्त्री थापाको भनाइ छ । कांग्रेसको चरित्र अन्य पार्टीजस्तो उत्तेजना फैलाउने नभई सम्हाल्ने भएको समेत थापाले बताउनभयो ।

महामन्त्री थापाले भन्नुभयो,‘मैले नियमित अधिवेशन गर्न सकिन्छ भने तपाईँहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो। त्यसैले अब नियमित महाधिवेशनको अध्याय बन्द भयो । अब मङ्सिर २७ गते विशेष महाधिवेशन हुन्छ ।’ गत भदौ २३ को घटना हुँदा कांग्रेस पनि सरकारमा भएकोले आफ्नो भागमा परेको जिम्मा लिने महामन्त्री थापाले बताउनुभयो ।



No ad available.


No ad available.