3rd June 2026, Wednesday

आईसीसी क्रिकेट विश्वकप लिग– २ मा नेपाललले अमेरिकालाई हरायो

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग– २ मा अमेरिकालाई हराएको छ ।

ओपनर कुशल भुर्तेलको अभिजित शतकमा नेपालले अमेरिकालाई निरिह बनाएको हो । शनिबार सम्पन्न खेलमा पाहुना टोली अमेरिका माथि नेपालले ९ विकेटको जित निकालेको हो। यो जितसँगै नेपालले अमेरिकाविरुद्धको घरेलु खेलमा अपराजित यात्रा कायम राखेको छ। नेपालले लिग –२ को अघिल्ला दुवै खेलमा अमेकिालाई पराजित गरेको थियो।

८ फेब्रुअरी २०२० मा भएको पहिलो खेलमा नेपाल ३५ रनले विजयी भएको थियो। त्यसको चार दिनपछि भएको अर्को खेलमा भने नेपालले ८ विकेटको जित निकालेको थियो। त्यसयता यी दुई टोली कीर्तिपुरस्थित त्रिभुवन विश्व बिद्यालयको क्रिकेट मैदानमा पहिलोपल्ट भिडेका हुन्। यो जितसँगै नेपालले २६ खेलबाछ २० अंक पु¥याएको छ। यद्यपि, नेपाल सातौं स्थानमा यथावत छ। एक खेल बढी खेलेको अमेरिका ३६ अंक जोड्दै दोस्रो स्थानमा यथावत् छ।

अमेरिकाले दिएको १९६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाउँदै १९९ रन बनायो। नेपालका ओपनर कुशलले सर्वाधिक १२० रन बनाए। ११८ बल खेलेका उनले १३ चौका र ४ छक्का प्रहार गरे। कुशलसँग अर्का ओपनर आसिफ शेखले १४५ रनको विशाल साझेदारी गर्दै टोलीलाई जितनजिक पु¥याएका थिए।

उनले ७२ बलमा ८ चौकासहित ५८ रनको योगदान दिए। इशान पाण्डे २० रनमा अविजित रहे।



No ad available.


No ad available.