3rd June 2026, Wednesday

आज २५७०औँ बुद्ध जयन्ती,बिविध कार्यक्रम गरी मनाइँदै

Post Image
1 महिना अगाडी

News by: helpline

काठमाडौं । आज २५७०औँ बुद्ध जयन्ती,बिविध कार्यक्रम गरी मनाइँदै छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने गरिन्छ। भगवान गौतम बुद्धको जन्म ज्ञान प्राप्ति भएको दिनका रुपमा यो जयन्ती मनाउने चलन रहेको छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण गरी बुद्ध जयन्ती मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । 

‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’भन्ने जस्ता अनेकौं सन्देशका वाहक गौतम बुद्धको जयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू र बौद्ध लगायतका ठाउँमा विविध कार्यक्रम आयोजना गरिएको छ ।

इसापूर्व ५६३ अर्थात आज भन्दा २५७० वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको हो । उहाँ दरबारको सुख छोडी ध्यान र तपस्यामा लाग्नुभएको थियो । 

बुद्ध जयन्तीका अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ ।



No ad available.


No ad available.