News by: helpline
काठमाडौं । आज १९ औं गणतन्त्र दिवस,देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको थियो । सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको हो । सरकारले सो अवसरमा आज शुक्रबार सार्वजनिक बिदा समेत दिएको छ ।
सैनिक मञ्च टुँडीखेलमा आज बिहान गणतन्त्र दिवस विशेष समारोह आयोजना हुँदैछ । सैनिक मञ्चमा बिहान ८ बजेदेखि शुरु हुने समारोहमा राष्ट्रपति, प्रधानमन्त्री लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहने भएको छ । समारोहलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने भएको छ । गत वर्षहरुमा राष्ट्रपति सहभागी भए पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा थियो । तर यस वर्ष प्रधानमन्त्री बालेन्द्र शाहले सम्बोधन नगर्ने हुनुभएको छ ।
उहाँले गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले राष्ट्रपति पौडेललाई नै सम्बोधन गर्न अनुरोध गरेर शीतल निवासमा पत्र पठाउनुभएको थियो । प्रधानमन्त्रीको सचिवालयले सैनिक मञ्च टुँडीखेलको कार्यक्रममा प्रधानमन्त्री जाने तर समारोहलाई सम्बोधन नगर्ने जनाएको छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ ।
गणतन्त्रको १८ वर्ष पूरा भई १९औँ वर्षमा प्रवेश गरिरहँदा नागरिकका अपेक्षाहरू अझै बढेका हुन् । राजनीतिक अधिकारको प्राप्तिपछि अब आर्थिक समृद्धि, सुशासन र नागरिकको जीवनस्तरमा सुधार ल्याउनु नै गणतन्त्रको मुख्य कार्यभार र चुनौती देखिएको छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
वाई.सी.एल.को श्रमदान अभियानमा युवाको उत्साह,
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक