12th September 2026, Saturday

आज दशैंको टीका,उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा

Post Image
11 महिना अगाडी

News by: helpline

काठमाडौं । आज नेपालीहरुको महान चाड बडादशैंको मुख्य दिन अर्थात विजया दशमी, मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी मनाइँदै छ ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नव दुर्गा भवानीको प्रसादका रुपमा टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने उत्तम साइत आज बिहिबार बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ । टीका लगाउँदा लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । आज नभ्याउनेले कोजाग्रत पूर्णिमासम्म पनि मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन् । आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रूप मानी लगाउने गरिन्छ । आज बिहान ९ बजेर २३ मिनेटको साइतमा देवी बिसर्जन गर्न सकिने पनि समितिले जनाएको छ ।

विजयादशमी आफैंमा शुभ दिन रहेको र टीका जमरा शक्तिस्वरुपा देवी भगवतीको प्रसाद भएकाले राज्य संचालक बाहेक सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यता छ । दशैंको टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्ने नियम छ । कसैलाई टाढा जानुपर्ने वाध्यात्मक अवस्थामा भने बिहान झुल्के घाममै देवी विसर्जन गरेर टीका लगाउने पनि सकिने छ । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ



No ad available.


No ad available.