News by: helpline
काठमाडौं । नेपालीहरुको महान् पर्व बडा दशैं आजबाट शुरु भएको छ ।
आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन आज बिहान घरघरमा जौ, मकै, गहुँ आदिको जमरा राखी घटस्थापना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि पूर्णिमा सम्म मनाइने बडा दशैंको पहिलो दिन आज ‘शैलपुत्री’ दुर्गाभवानीको पूजा गरी घटस्थापना गर्ने र जमरा राख्ने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, यस पटक घटस्थपना गर्ने साइत आज बिहान ९ बजेर १३ मिनेटमा रहेको छ । नदी वा चोखो स्थल बाट बालुवा अथवा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा या दशैं घरमा जमरा राखिन्छ ।
माटाको घट (कलश) स्थापना गरी जमरा राख्ने गरिन्छ । घटस्थापनाका दिन दुर्गापूजा सँगै विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ । घटस्थापनाको दिन पूजाकोठा, दशैं घर अथवा कोतमा दियो कलश र गणेश थापी नवदुर्गाको स्थापना गर्ने चलन छ । कतैकतै भने ब्रह्माको पनि स्थापना गरिन्छ । घरको पूजा कोठा वा दशैंघरमा विधिपूर्वक घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा आराधना गरिन्छ । नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येको एक हो ।
गिरिराज हिमालयकी पुत्री पार्वतीदेवी नै शैलपुत्री भएको देवी कवच, मार्कण्डेयलगायत पुराणआदि ग्रन्थमा उल्लेख गरिएको छ । शैलपुत्री देवीलाई सबैकी अधिश्वरीका रुपमा पूजाआराधना गरिन्छ ।
घटस्थापनाका दिन पूजा कोठामा घैंटो अथवा घडामा जलभरि माथि पटि आँप, चाप, वर पिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँ बाट ल्याइएको चोखो बालुवा या माटोमा जमरा छरिन्छ । घटस्थापना देखि नवरात्र भरि दुर्गा सप्तसधी र चण्डी पाठ गर्ने चलन छ । सप्तमी, अष्टमी र नवमीका दिन जमरा राखेको स्थानमा बली दिई, हात हतियार र निशानको पूजा गरिन्छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक