News by: helpline
काठमाडौं । गत बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा अलपत्र परेका २८९ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ।
पर्यटन बोर्डका अनुसार अझै ५९१ जना विदेशी नागरिक तथा पर्यटक सम्पर्कविहीन छन्। ती मध्ये बोर्डले पछिल्लो अवस्था सार्वजनिक गर्दै ५ जना विदेशी नागरिक तथा पर्यटक हाल सम्पर्कमा आएको जनाएको छ।
उद्धार गरिएका विदेशी नागरिकमध्ये भारतका १८०, चीनका ८९, जर्मनीका ४, माल्टाका ४, इटालीका २, रुसका २ र टर्कीका २ जना रहेका छन्। यस्तै बुल्गेरिया, ओमान, पोर्चुगल र स्विट्जरल्यान्डका एक–एक तथा अमेरिकाका दुई जना पर्यटकको पनि उद्धार गरिएको बोर्डले जनाएको छ।
बोर्डका अनुसार प्रभावित क्षेत्रमा अलपत्र, घाइते वा अन्य कारणले समस्यामा परेका विदेशी नागरिक तथा पर्यटकको खोज तथा उद्धार कार्य जारी छ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली