11th September 2026, Friday

अलपत्र परेका २८९ पर्यटकको उद्धार ५९१ जना अझै बेपत्ता

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । गत बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा अलपत्र परेका २८९ जना विदेशी नागरिक तथा पर्यटकको उद्धार गरिएको छ।

पर्यटन बोर्डका अनुसार अझै ५९१ जना विदेशी नागरिक तथा पर्यटक सम्पर्कविहीन छन्। ती मध्ये बोर्डले पछिल्लो अवस्था सार्वजनिक गर्दै ५ जना विदेशी नागरिक तथा पर्यटक हाल सम्पर्कमा आएको जनाएको छ।

उद्धार गरिएका विदेशी नागरिकमध्ये भारतका १८०, चीनका ८९, जर्मनीका ४, माल्टाका ४, इटालीका २, रुसका २ र टर्कीका २ जना रहेका छन्। यस्तै बुल्गेरिया, ओमान, पोर्चुगल र स्विट्जरल्यान्डका एक–एक तथा अमेरिकाका दुई जना पर्यटकको पनि उद्धार गरिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार प्रभावित क्षेत्रमा अलपत्र, घाइते वा अन्य कारणले समस्यामा परेका विदेशी नागरिक तथा पर्यटकको खोज तथा उद्धार कार्य जारी छ।



No ad available.


No ad available.