News by: helpline
एजेन्सी । अमेरिका र इरानबिचको सैन्य तनाव थप चुलिएको छ । अमेरिका र इरानबीच केही हप्ताअघि भएको समझदारी अन्त्य हुने अवस्था आएसँगै दुवै देशबीच फेरि प्रत्यक्ष सैन्य टकरावको अवस्था सृजना भएको हो ।
अमेरिकाले इरानका विभिन्न सैनिक अखडामा आक्रमण गरेपछि इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा तथा सहयोगी राष्ट्रलाई लक्षित गर्दै क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । इजरायलले आवश्यक परे इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग पछिल्लो सुरक्षा अवस्थाबारे टेलिफोन संवाद गर्नुभएको नेतान्याहुको कार्यालयले जनाएको छ ।
दुवै देशबिच विभिन्न क्षेत्रमा निरन्तर समन्वय भइरहेको पनि कार्यालयको भनाइ छ । इरानी सञ्चार माध्यमले बुसेहर बाहिर रहेको सैन्य मुख्यालय अमेरिकी–इजरायली क्षेप्यास्त्रको निशानामा परेको दाबी गरेका छन् । यद्यपि एक अमेरिकी रक्षा अधिकारीले हाल अमेरिकाले इरानमाथि नयाँ आक्रमण नगरेको स्पष्ट पारेका छन् । इरानले बहराइन, कुवेत र कतारस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी दर्जनौँ क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ ।
अमेरिकी रक्षा अधिकारीका अनुसार ती अधिकांश आक्रमण रोकिएका वा प्रभावहीन बनेका कारण कुनै अमेरिकी सैनिक हताहत भएका छैनन् । पछिल्लो केही समयमा दुवै देशबिच एक अन्तरिम युद्धविराम सम्झौता भएको थियो। यसअन्तर्गत दुवै देशले शान्ति कायम राख्नुपर्ने र इरानले हर्मुज जलमार्गबाट आवतजावत गर्ने जहाजहरूमाथि हमला रोक्नुपर्ने उल्लेख थियो। तर पछिल्ला केही दिनमा इरानले यो समुद्री मार्गबाट आवतजावत गर्ने जहाजहरूमाथि फेरि बमबारी शुरु गरेको छ ।
त्यसपछि अमेरिका र इरानबीच तनाव चुलिएको हो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरानबिचको युद्धविराम समाप्त भइसकेको बताउनुभएको छ । सामाजिक सञ्जाल टु«थ सोसलमार्फत राष्ट्रपति ट्रम्पले युद्धविराम सकिएपनि इरानले कुराकानी जारी राख्न चाहेमा वार्ता जारी रहने बताउनुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक