28th July 2026, Tuesday

अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीका सदस्यबीच वार्ता

Post Image
2 दिन अगाडी

News by: helpline

काठमाडौं चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसी र सरकारी वार्ता टोलीका सदस्य एवम् शिक्षा सचिव चूडामणि पौडेलबिच शनिबार शिष्टाचार भेटघाट भएको छ ।

 भेटमा सचिव पौडेलले डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै सरकारका तर्फबाट सद्भाव व्यक्त गर्नुभएको जनाइएको छ । डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार सरकारी वार्ता टोलीका अन्य सदस्यहरू काठमाडौं बाहिर वा व्यस्त रहेकाले शनिबार औपचारिक वार्ता भने हुन सकेन ।

 वार्ता टोलीका बाँकी सदस्यहरू उपस्थित भएपछि आइतबारदेखि औपचारिक वार्ता सुरु गर्ने गरी दुवै पक्षबिच सहमति भएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका विभिन्न माग राख्दै डा. केसी विगत तीन दिनदेखि आमरण अनशनमा हुनुहुन्छ ।



No ad available.


No ad available.