News by: helpline
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न नदीमा पानीको बहाव बढेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोटको धुन्चेस्थित त्रिशूली नदी, काभ्रेपलाञ्चोकको पनौतीस्थित रोशी खोला, धनकुटाको त्रिवेणीस्थित तमोर नदी र सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पानीको सतह बढेर चेतावनी तह आसपास वा त्यसभन्दा माथि पुगेको छ । धुन्चेस्थित त्रिशूली नदीमा पानीको सतह ३ं.५१ मिटर पुगेको छ। उक्त स्थानमा चेतावनी तह ३.२ मिटर रहेकाले पानीको सतह बढ्दो क्रममा रहेको जनाइएको छ।
पनौतीको रोशी खोलामा पानीको सतह ४.४७ मिटर पुगेको छ। त्यहाँ चेतावनी तह ४ मिटर र खतरा तह ४.५ मिटर तोकिएको छ। पानीको सतह बढेसँगै बीपी राजमार्गमा बनाइएको अस्थायी डाइभर्सन पनि रोसीले बगाएको छ । यस्तै, त्रिवेणीस्थित तमोर नदीमा पानीको सतह ९.०३ मिटर पुगेको छ। त्यहाँको चेतावनी तह ९ मिटर रहेकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको छ। सुनसरीको चतरास्थित सप्तकोशी नदीमा पानीको सतह ६.२८ मिटर पुगेको छ।
त्यहाँ चेतावनी तह ६ मिटर र खतरा तह ७ मिटर रहेकामा पानीको सतह बढ्दो क्रममा रहेको छ । कोशी ब्यारेजका ३० वटा ढोका खोलिएको छ । काठमाडौं उपत्यकामा हनुमन्ते र गोदावरी खोलामा आएको बाढीका कारण जोखिममा परेका खोला किनाराका टहरामा बस्ने १५ परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ ।
बागमती, विष्णुमतीलगायत विभिन्न खोला तथा नदीमा पानीको बहाव बढेको छ । उपत्यकाको पानी निकास हुने प्रमुख क्षेत्र चोभार गल्छीमा समेत पानीको बहाव उच्च भएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली