News by: helpline
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले ६ वटा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीका अनुसार बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी, कान्ति लोकपथ, मेची राजमार्ग, सालझन्डी ढोरपाटन, अरनिको राजमार्ग अन्तर्गत भोटेकोशी गाउँपालिका–४ जिरोकिलोमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।
यसैगरी, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खस्दा कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ ।
जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा शनिबार र आइतबार मुसलधारे वर्षा हुने जनाउँदै सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक