12th September 2026, Saturday

बागमतीका मुख्य मन्त्री थापाले पाए विश्वासको मत

Post Image
2 हप्ता अगाडी

News by: helpline

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नु भएको छ ।

 प्रतिपक्षी दलहरूको अनुपस्थितिबीच मंगलबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापा मगरले सभामा पेश गर्नु भएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ५७ मत परेको थियो। विपक्षमा शून्य मत परेको थियो । बागमती प्रदेशसभामा हाल १०४ सदस्य कायम छन् ।

सरकार गठनका लागि ५३ सदस्यको समर्थन आवश्यक पर्छ । यसअघि नेकपा एमाले, नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच सत्ता सञ्चालनका लागि ६ बुँदे सहमति भएको थियो ।



No ad available.


No ad available.