3rd June 2026, Wednesday

भारत र चीनले नेपाली भूमि प्रयोग गरेकोबारे सर्बत्र चासोपछि सरकारले गरायो ध्यानाकर्षण

Post Image
4 हप्ता अगाडी

News by: helpline

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारतले कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने घोषणा गरेपछि पनि मौन बसेको नेपाल सरकारले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ ।

 भारत र चीनले नेपाली भूमि लिपुलेकलाई व्यापारिक नाकाका रूपमा प्रयोग गर्ने सहमति गरेपछि भारतको विदेश मन्त्रालयले सन् २०२६ को कैलाश मानसरोवर यात्राको घोषणा गरेको छ । भारतको यस्तो घोषणासँगै नेपाली भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी समस्या पुनः चर्चामा आएको छ ।

चीनको समन्वयमा भारतले आगामी जुनदेखि अगस्ट महिनासम्म उक्त धार्मिक यात्रा सञ्चालन गर्न लागेको हो । यसबारे सर्वत्र चासो उब्जिएपछि मौन बसेको बालेन नेतृत्वको सरकारले चीन र भारतलाई ६ वटा बुँदा मार्फत ध्यानाकर्षण गराएको छ ।



No ad available.


No ad available.