News by: helpline
काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि पूर्व सांसद तथा नेकपाका नेता राजन दाहाल पीडितको राहत र उद्धारको लागि प्रभावित क्षेत्रमा खटिनु भएको छ ।
दाहालको नेतृत्वमा वाइसीएल नेपालसहित विभिन्न युवा तथा स्वयंसेवकहरू उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा सक्रिय भएका छन्। भोटेकोशी बाढीले क्षणभरमै रसुवा,नुवाकोट र धादिङका लाखौंं नागरिकको जीवन प्रभावित बनाएको छ। कैयौँले आफन्त गुमाएका छन्, धेरै नागरिक बेपत्ता तथा घाइते भएका छन् भने हजारौँ घर तथा सुन्दर बस्तीहरू भग्नावशेष र बगरमा परिणत भएका छन्।
यस्तो विपत्तिका बेला पूर्व सांसद दाहाल स्वयं प्रभावित क्षेत्रमै पुगेर बाढीपीडित नागरिकको अवस्था बुझ्दै उद्धार तथा राहत अभियानको नेतृत्व गरिरहनुभएको छ । दाहाल नेतृत्वको टोलीले पीडित परिवारसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको पीडा, आवश्यकता र तत्कालका समस्याबारे जानकारी लिएको छ। दाहालले होल्डिङ सेन्टरमा लामो समयदेखि बसिरहेका बाढीपीडितहरू थकित र मानसिक रूपमा समेत पीडित अवस्थामा रहेको पाइएको बताृउनुभयो । आफन्त गुमाएका र घरबारविहीन बनेका नागरिकलाई लामो समयसम्म अस्थायी शिविरमा राखेर मात्र समस्या समाधान नहुने भन्दै तत्काल अस्थायी आवास निर्माण गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्नेमा दाहालको जोड छ ।
दाहालका अनुसार अहिलेको आवश्यकता केवल राहत वितरणमा सीमित छैन। पीडितको जीवन पुनः सामान्य अवस्थामा फर्काउन पुनःस्थापना र पुनर्निर्माणको काम तत्काल युद्धस्तरमा अघि बढाउन आवश्यक छ। त्यसो गर्न सके मात्रै विपत्तिबाट निराश बनेका नागरिकमा आशा र भरोसा जगाउन सकिने उहाँको भनाइ छ। नागरिक तहबाट विपत्तिमा उल्लेख्य सहयोग भइरहेको उल्लेख गर्दै दाहालले राहत तथा उद्धारमा सक्रिय सबै व्यक्ति, युवा, सामाजिक संघसंस्था र स्वयंसेवकप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।
विपत्तिको यस्तो घडीमा राजनीतिक आस्था र विभाजनभन्दा माथि उठेर सबै पक्ष एकजुट भई बाढीपीडितको जीवन पुनःस्थापित गर्ने अभियानमा जुट्नुपर्नेमा दाहालको जोड छ । दाहालले राहतसँगै पुनःस्थापनालाई युद्धस्तरमा अघि बढाउन पनि सरकारसँग आग्रह गर्नुभएको छ ।
मुख्य समाचार
No ad available.
सम्बन्धित खबर
No ad available.
पढ्नै पर्ने
एनआरएन पोर्चुगलमा लाखौंको हिनामिनाको आरोप !
दिलिप गुरुङको समूहलाई फ्रान्स सरकारद्वारा आधिकारिकता प्रदान
सांस्कृतिक धरोहर बचाउन एकजुट बेलायतमा बस्ने नेपाली
अष्ट्रेलियामा एभरेस्ट मार्शल आर्टस एकेडेमीको ऐतिहासिक सफलताः पहिलो सहभागितामै तीन पदक