12th September 2026, Saturday

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । गत बुधबार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीको प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा पुनस्र्थापनाका कामलाई प्रभावकारी बनाउन तीनै तहमा सर्वदलीय राजनीतिक संयन्त्र परिचालन गरिने भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसख बर्षमान पुनले सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले प्रदेश र स्थानीय तहमा सर्वदलीय राजनीतिक संयन्त्र निर्माण गरि राहत तथा उद्धारमा परिचालन गर्ने निर्णय भएको जानकारी दिनुभएको हो । बैठकले विपद्का बेला दलगत राजनीतिभन्दा माथि उठेर सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दोहोर्याएको छ ।

 नेता पुनले राहत वितरणका लागि सरकारले एकद्वार प्रणाली अपनाएपनि पीडितसम्म राहत पुग्न नसकेको भन्दै राहत वितरणको विषयमा स्थानीय तहसँग पर्याप्त समन्वय गर्नुपर्नेमा जोड दिएको बताउनुभयो ।

आजको सर्वदलीय बैठकका निष्कर्षहरु
 
१. शिर्ष नेतृत्व सहितको अघिल्लो बैठकले गरेका १० बुँदे निर्णयको प्रभावकारी कार्यान्वयन गर्ने गराउने । भोटेकोसी बाढीमा खोजी, उद्वार र राहतको लागि तिनै तहको सरकारलाई सघाउने ।
२. केन्द्रमा जस्तै प्रदेश, जिल्ला तथा स्थानीय तहमा सरकारलाई सहयोग गर्न राजनीतिक संयन्त्रमार्फत काम गर्ने ।
३. विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र मार्फत राष्ट्रिय तथा राजनीतिक सहकार्य गर्ने


No ad available.


No ad available.