12th September 2026, Saturday

भोटेकोशी बाढीको ११ दिनपछि ६० वर्षीया चण्डिका श्रेष्ठको सकुशल उद्धार

Post Image
1 हप्ता अगाडी

News by: helpline

काठमाडौं । रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीपछि बेपत्ता ६० वर्षीया चण्डिका श्रेष्ठको ११ दिनपछि सकुशल उद्धार भएको छ ।

श्रेष्ठलाई नुवाकोटको बिदुर नगरपालिका –१० बेत्रावतीस्थित चार तले घरबाट शनिबार बिहान उद्धार गरिएको हो । प्रहरीका अनुसार हिलोमा थुनिएको अवस्थामा उहाँको उद्धार गरिएको छ । श्रेष्ठलाई उद्धार गरी उपचारका लागि हेलिकप्टरमार्फत त्रिशुली लयाइएको छ ।



No ad available.


No ad available.